रासायनिक मल वितरण कार्डका लागि कृषकको नाम दर्ता गराउने सम्बन्धी सूचना ।
रासायनिक मल वितरण कार्डका लागि कृषकको नाम दर्ता गराउने सम्बन्धी सूचना ।
प्रस्तुत बिषयमा गजुरी गाउँपालिका भित्र अनुदानमा उपलब्ध हुने रासायनिक मल (युरिया, डीएपी तथा पोटास) लाई व्यवस्थित, पारदर्शी तथा वास्तविक कृषकसम्म सहज रूपमा वितरण गर्ने उद्देश्यले "रासायनिक मल वितरण कार्ड" लागू गरिने भएकोले गाउँपालिका भित्रका सम्पूर्ण रासायनिक मल उपभोग गर्ने कृषकहरूले आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा उपस्थित भई तपशिल बमोजिमका कागजात सहित समयमा नै नाम दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ।
तपशिल
१. नेपाली नागरिकताको प्रतिलिपि ।
२. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
३. जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) को प्रतिलिपि वा खेती गरिरहेको जग्गाको प्रमाण खुल्ने कागजात ।
४. जग्गा भाडामा लिई खेती गरेको भए जग्गाधनीसँगको सम्झौता वा सम्बन्धित वडा कार्यालयको सिफारिस ।
६. सम्पर्क नम्बर ।
नोटः नाम दर्ता गर्ने अवधि २०८३/०५/१५ गतेसम्म कार्यालय समयभित्र।