शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार, समृद्ध गजुरीको बलियो आधार

header AD
संक्षिप्त विवरण

बागमती प्रदेश, धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान (२०७२) बमोजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाउँ विकास समितिलाई समायोजन गरि गठन गरिएको छ। यस  गाउँपालिकालाई  हाल ८ वटा वडामा विभाजन गरिएको छ ।करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा गल्छी गाउँपालिका, पश्चिममा बेनीघाट रोराङ गाउँपालिका, उत्तरमा त्रिशुली  नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ । ऐतिहासिक भनाई/किंवदन्ती अनुसार तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा गोरखाबाट नुवाकोट जाने क्रममा आफ्नो शिरको गजुर बिसाएकाले यस ठाउँको नाम गजुरी हुन गएको हो । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो ।

भौगोलिक अवस्थिति

फैलावट :

  • अक्षांश       : २७ डिग्री ७ मिनेट उत्तरी अक्षांश
  • देशान्तर           : ८४ डिग्री ९८ मिनेट पूर्वी देशान्तर
  • पूर्वमा               : गल्छी गाउँपालिका
  • पश्चिममा           : बेनीघाट रोराङ गाउँपालिका
  • उत्तरमा            : त्रिशुली नदी (सिद्धलेक गाउँपालिका)
  • दक्षिणमा           : मकवानपुर जिल्ला
  • उचाई        : समुन्द्री सतहबाट ३७५ देखि २३०० मिटर सम्म
  • जम्मा क्षेत्रफल : १३८.६६ वर्ग कि.मि.
  • हावापानी           : समशितोष्ण
  • वार्षिक वर्षा       : २१२० मिलिमिटर
  • अधिकतम तापक्रम  : ३० डिग्री सेन्टिग्रेड
  • न्यूनतम तापक्रम   : १० डिग्री सेन्टिग्रेड भन्दा कम
  • प्रदेश               : बागमती
  • जिल्ला            : धादिङ
  • वडा संख्या   :  ८ (आठ)
  • केन्द्र        : गजुरी-१, गजुरी गाउँ कार्यपालिका, धादिङ
  • निर्वाचन क्षेत्र    :  निर्वाचन क्षेत्र नं १, प्रदेश सभा (ख) 

भौगोलिक विवरणः

कूल जमिनको क्षेत्रफल                  : १३८६६ हे.

खेती योग्य जमिनको क्षेत्रफल       : ३५५६ हे.

खेती गरिएको जग्गाको क्षेत्रफल   : १८२९ हे.

                                    खेत                 : ८०० हे.

                                    बारी                : १०२९ हे.

                                 सिंचित जमिन  : ३९२ हे.

प्रशासनिक भवनः

गजुरी गाउँपालिकाको हाल आफ्नै भवनबाट प्रशासनिक कृयाकलापहरू संचालन गर्दै आएको छ । वडा नं. १ देखि ८ वटै वडा कार्यालयको प्रशासनिक भवन निर्माण भई प्रशासनिक सेवा प्रदान भइरहेको छ ।

प्रमुख नदीनालाः

यस गजुरी गाउँपालिकाको प्रमुख नदीनालाहरूमा गाउँपालिकाको उत्तरी सिमानामा बाह्रै काल बाह्रै महिना बगिरहने नेपालकै प्रथमस्तरको त्रिशुली नदीले सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकाको सिमाना छुट्याएको छ ।त्यसै गरी गजुरी गाउँपालिकाको वडा नं.१ र ५ लाई गलौदी खोला वडा नं. ६ र ७ लाई दरियाल खोला र वडा नं. 7 र ८ लाई बेल्खु खोलाले सिमाना बनाएको छ । त्यसै गरी गजुरी गाउँपालिकाको वडा नं २ र बेनीघाट रोराङ गाउँपालिकालाई मलेखु खोलाले सिमाना बनाएको छ ।

जनसंख्याको विवरणः

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार  गजुरी गाउँपालिकाको जनसांख्यिकीय विवरणः

कूल जनसंख्याः २८,६३४ जना

पुरूष जनसंख्याः १४,३२६ जना

महिला जनसंख्याः १४,३०८ जना

परिवारको औसत आकारः ४.१९

लैंगिक अनुपातः १००.१३

वार्षिक जनसंख्या वृद्धिदरः ०.५३

जनघनत्वः २०७ जना प्रति वर्ग कि.मि.

कूल परिवार संख्याः ६,८३९ जना

साक्षरता दरः ७२.९१ प्रतिशत

पुरूष साक्षरता दरः ७८.६० प्रतिशत

महिला साक्षरता दरः ६७.२१ प्रतिशत

समायोजित वडाको विवरणः

नेपाल सङ्घीयतामा गईसकेपछी गजुरी गाउँपालिकाको हालको वडा तपसिलको साविक गा.वि.स.को वडाहरू समेटी निर्धारण गरिएको छ ।

वडा नं.

साविकको वडा

साविकको गा.वि.स.

1

1,3

गजुरी

2

2,4,8

गजुरी

3

5,6,7,9

गजुरी

4

7,8,9

पिडा

5

2,4,5

पिडा

6

1,3,6

पिडा

7

6,7,8,9

किरानचोक

8

1,2,3,4,5

किरानचोक

आधारभूत जानकारी
Bagmati
Dhading
गाउँपालिका
138.66 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 28634
Male 14326
Female 14308
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website http://gajurimun.gov.np

Coordinates: 27.800000° N, 84.880000° E