वडा नं ७ को योजना अनुगमन गर्न तथा मुल सडकहरूमा देखिएका समस्या समाधानका निम्ति ठेकेदारलाई दिगो विकासका लागि निर्देशन दिनुहुँदै गजुरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत प्राविधिकहरू ।
गजुरी गाउँपालिका,कृषि शाखा र पुष्प विकास केन्द्र गाेदावरी ,ललितपुरकाे संयुक्त आयाेजनामा १ दिवसीय सयपत्री फूल खेति बिषयक तालिम सम्पन्न गरियाे । उक्त तालिममा ३ वटा कृषक समूहका जम्मा ३५ जना कृषक सहभागी भएका थिए ।
आज मिति २०८० असार १० गते स्रोतकेन्द्र भवन गजुरीमा गजुरी गाउँपालिका, गाउँसभाको १२ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट वक्तब्य प्रस्तुत गरिएको छ ।