समाचार
"जनतासँग गाउँपालिका अध्यक्ष" मूल नाराका साथ आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा वडाका प्रत्येक टोलबस्तीबाट राय,सल्लाह तथा सुझाव संकलन कार्यक्रम अद्घाटन । मिति: २०८२/०२/०६ गते ।
आज मिति २०८२/०२/०६ गते गजुरी-१, स्रोत केन्द्र भवन बाट "जनतासँग गाउँपालिका अध्यक्ष" मूल नाराका साथ गजुरी गाउँपालिकाको आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा वडाका प्रत्येक टोल बस्तीबाट राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूले शुभारम्भ गर्नुभएकाे छ । साथै पूर्व सूचना तालिका बमोजिम गाउँपालिका भित्रका प्रत्येक वडाका विभिन्न स्थानमा यस कार्यक्रम सञ्चालन गरिनेछ ।