समाचार
गजुरी गाउँपालिका, गाउँ सभाको १६ औँ अधिवेशन मिति २०८२ असार १० गते मंगलवारका दिन सर्वसहमतिका साथ सम्पन्न भयो ।
गजुरी गाउँपालिका, गाउँ सभाको १६ ओैँ अधिवेशन मिति २०८२ असार १० गते मंगलवारका दिन सर्वसहमतिका साथ सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष श्री गणेशलाल श्रेष्ठले आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो र दोस्रो बैठकमा उपाध्यक्ष श्री शर्मिला बिसुरालले आगामी आ.व. को बजेट, आर्थिक ऐन, विनियोजन ऐन र पञ्चवर्षीय आवधिक योजना प्रस्तुत गर्नुभयो ।