समाचार
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननीय जुद्व बहादुर गुरुङज्यू, गजुरी गाउँपालिकाका श्रदेय अध्यक्ष गणेश लाल श्रेष्ठज्यूको उपस्थितिमा वित्तीय संघीयता सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष माननीय जुद्व बहादुर गुरुङज्यू, गजुरी गाउँपालिकाका श्रदेय अध्यक्ष गणेश लाल श्रेष्ठज्यू, श्रदेय उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, शाखा प्रमुख लगायतका कर्मचारीहरु र जनप्रतिनिधिज्यूहरुको उपस्थितिमा वित्तीय संघीयता सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो, सम्मानित आयोगका अध्यक्षज्यूको सक्रियतामा गरिएको उक्त कार्यक्रमबाट हाम्रो पालिकाले निकै लाभ लिएको छ।
आगामी दिनमा पालिकाको समग्र वित्त व्यवस्थापनमा थप सुधार गरी विकास र समृद्धिको सपना पूरा गर्न प्रयत्नशील रहने प्रतिबद्धता गरी पालिका परिवारको तर्फबाट माननीय कार्यवाहक अध्यक्षज्यूलाई सम्मान, धन्यवाद तथा आभार व्यक्त गरी विदाई गरियो ।











