समाचार
स्थानीय तहको कार्यसम्पादन सहजीकरण कार्यक्रम, गजुरी गाउँपालिका, मिति: २०७९/०९/०८
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा यस गजुरी गाउँपालिकामा आयोजित "स्थानीय तहको कार्यसम्पादन सहजीकरण सम्बन्धी एक दिवसीय छलफल तथा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भयो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि श्रीमान् सहसचिव रुद्रसिंह तामाङज्यू (योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख), उपसचिव श्री महेन्द्र कुमार सापकोटाज्यू (योजना तथा अनुगमन शाखा प्रमुख), शाखा अधिकृत श्री द्रोण राज निरौला (योजना तथा अनुगमन शाखा) तथा यस गजुरी गाउँपालिकाबाट अध्यक्षता ग्रहण गरिदिनु हुने अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यू, उपस्थित वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्दछौँ।