मिति २०८० असोज १४ गते प्रसुती केन्द्र शुभारम्भ भए लगत्तै पाखुरे आधारभूत स्वास्थ्य केन्द्र गजुरी ४ मा असोज १८ मा पहिलो सुत्केरी सेवा लिनहुने सेवाग्राही सँगै सक्षम र लगनशिल स्वास्थ्यकर्मीहरुलाई बधाई सँगै धन्यवाद ।।।
समाचार
ग्यालरी
मझिम्टार स्थित खेलमैदानमा भएको "प्रथम अन्जन स्मृति कप -२०८०" को फाइनल सम्म पुगी द्वितीय पुरस्कार हासिल गर्न सफल गजुरी गा.पा. का खेलाडीहरू तथा खेल प्रशिक्षकलाई गा.पा. को तर्फबाट हाैसला स्वरूप बिजेता खेलाडीहरूलाई नगद पुरस्कार स्वरूप रू. ५०,०००।- प्रदान गरी खेल क्षेत्रमा थप हाैसला उत्प्रेरणा मिलाेस भनी शुभकामना र हाैसल प्रदान गर्नुहुँदै गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, कार्यालय प्रमुख श्री राजु अधिकारी सर, वडा अध्यक्ष द्वाेय ७ र ८ का वडा अध्यक्ष श्री बद्री प्रसाद जम्कटेल ज्यू , वडा अध्यक्ष श्री देवराज ओझा ज्यू र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्ताेष पाैडेल सर ।
आज गजुरी गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ४ रोपनी ८ आना जग्गा खरिद गरेको छ । मिति: २०८० असोज ७ गते ।
संविधान दिवस २०८० को उपलक्ष्यमा गजुरी गाउँपालिका कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो ।
संविधान दिवस २०८० काे उपलक्ष्यमा गजुरी गा.पा. वडा नं. १ हांगेटार स्थित चेपाङ किशोरी छात्रावासका किशोरीहरूलाई ट्रयाक, सुट तथा सुज वितरण गर्नुहुँदै गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू, वडा नं १ का अध्यक्ष श्री तारानाथ भण्डारी ज्यू, वडा नं ८ का वडाध्यक्ष श्री देवराज ओझा ज्यू ।
कला तथा सँस्कृतिकाे जगेर्नाकाे निम्ति गजुरी गाउँपालिकाद्वारा आयोजित "हरितालिका तीज विशेष कार्यक्रम २०८०" सम्पन्न । कार्यक्रमका केही झलकहरु
आदमघाट थुम्कीचौतारा सडक अन्तर्गत निर्माणाधीन मिलनटार किराञ्चोक कालोपत्रे सडकको अनुगमन गर्नु हुँदै तथा ठेकदारलाई गुणस्तरीय र मजबुद काम गर्न निर्देशन दिनु हुँदै गा.पा. अध्यक्ष गणेशलाल श्रेष्ठ ज्यू । मिति: २०८०/०५/१८
वडा नं ७ को योजना अनुगमन गर्न तथा मुल सडकहरूमा देखिएका समस्या समाधानका निम्ति ठेकेदारलाई दिगो विकासका लागि निर्देशन दिनुहुँदै गजुरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत प्राविधिकहरू ।
गजुरी गाउँपालिका,कृषि शाखा र पुष्प विकास केन्द्र गाेदावरी ,ललितपुरकाे संयुक्त आयाेजनामा १ दिवसीय सयपत्री फूल खेति बिषयक तालिम सम्पन्न गरियाे । उक्त तालिममा ३ वटा कृषक समूहका जम्मा ३५ जना कृषक सहभागी भएका थिए ।
आज मिति २०८० असार १० गते स्रोतकेन्द्र भवन गजुरीमा गजुरी गाउँपालिका, गाउँसभाको १२ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट वक्तब्य प्रस्तुत गरिएको छ ।